२०८३ असार २ गते , मंगलबार

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
मोरङ
२०८२ असार १० गते , मंगलबार
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङको रंगेलीमा ट्याक्टरले ठक्कर दिँदा मंगलबार दिउँसो मोटरसाइकल चालकको मृत्यु भएको छ । रंगेली नगरपालिका–८ दर्वेसा चोकमा दिउँसो २:५० बजेतिर दुर्घटना भएको हो । 

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार खेत जोडेर सडकमा निस्किँदै गरेको प्रदेश १–०२–००३ त २८५६ नम्बरको ट्याक्टरले दर्वेसाबाट रंगेलीतर्फ आउँदै गरेको को ३९ प ३९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक रंगेली–१ बबिया टोलका ३२ वर्षीय केदार न्यौपानको मृत्यु भएको उनले बताइन् । गम्भीर घाइते भएका न्यौपानेलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।  

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रंगेली–१ का ४१ वर्षीय राजन भट्टराई घाइते भएका छन् । उनलाई थप उपचारका लागि रंगेलीबाट विराटनगरको नोबेल शिक्षण अस्पताल रेफर गरिएको छ ।

मोटरसाइकल र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक रंगेली–८ का अन्दाजी ३० वर्षीय जीवन ताजपुरिया फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार