२०८३ असार २ गते , मंगलबार

आज पूर्वका यी जिल्लाहरुमा आकस्मिक बाढी आउने सम्भावना

sajilo news
झापा
२०८२ असार १० गते , मंगलबार
आज पूर्वका यी जिल्लाहरुमा आकस्मिक बाढी आउने सम्भावना

देशको विभिन्न जिल्लाहरू आज आकस्मिक बाढीको मध्यम तथा सामान्य जोखिम रहेको देखिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, संखुवासभा, धनकुटा, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, सिन्धुली, काभ्रे, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, रौतहट, गोरखा, तनहुँ, कास्की, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, सल्यान, दैलेख, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान छ। 

साथै मोरङ, सुनसरी, ताप्लेजुङ, खोटाङ, सिराहा, धनुषा, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, रुकुम पूर्व, प्युठान, कपिलवस्तु, दाङ, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, डोटी, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिमको पूर्वानुमान रहेको महाशाखाले जनाएको छ। 

सम्बन्धित समाचार