२०८३ असार २ गते , मंगलबार
गौहत्यामा संलग्न चारजना समातिए
ताप्लेजुङको फुङलिङमा गौहत्यामा संलग्न चारजना पक्राउ परेका छन् । आज साँझ ५ः३० बजे फुङलिङ नगरपालिका –८ घुमाउने टोलमा गाई काटेर मासु भाग लगाइरहेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा फुङलिङ –८ बस्ने ६१ वर्षीय डिल्ली शेर्पा, सोही ठाउँ बस्ने ६० वर्षीय मानबहादुर तामाङ , ४८ वर्षीय पासाङ दावा शेर्पा र २९ वर्षीय सुवास तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले मासु, मासु काट्न प्रयोग गरेको २ थान खुकुरी र अचानो बरामद गरेको छ । उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।