२०८३ असार २ गते , मंगलबार
खेतमा बीउ काढ्दा काढ्दै शिवसताक्षीका धिरेनको मृत्यु
बिर्तामोडमा धानको बीउ काढ्दा काढ्दै एकजनाको मृत्यु भएको छ । आज बिहान १० बजेतिर बिर्तामोड-१० का जीवन पाठकको खेतमा बीउ काढ्दा काढ्दै शिवसताक्षी नगरपालिका-३ बस्ने अन्दाजी २७ वर्षका धिरेन सन्थालको मृत्यु भएको हो ।
छारे रोगको समस्या भएका सन्थाललाई बीउ काढ्दा काढ्दै रोगले च्यापेको थियो । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।धिरेन विगत १० दिनदेखि पाठकको घरमा काम गर्दै आएका थिए ।