२०८३ असार ३ गते , बुधबार

आज भद्रपुर नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

sajilo news
झापा
२०८२ असार ९ गते , सोमबार
आज भद्रपुर नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

भद्रपुर । भद्रपुर नगरपालिकाले आज आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।  भद्रपुर नगरपालिकाको १६ औं नगर सभाबाट नीति तथा कार्यक्रममा ल्याउन लागेको हो ।  चालु आर्थिक वर्षमा ९९ करोड २ लाख १९ हजार रुपैयाँ बराबरको घाटा बजेट ल्याएको नगरपालिकाले आगामी वर्षका लागि पनि घाटा बजेट नै प्रस्तुत गर्न लागेको जनाइएको छ ।

चालु वर्षको तुलनामा बजेटको आकार घटेकोसमेत जनाइएको छ । अन्य सबै समितिहरुको कार्यक्रमहरु टुंगो लागिसकेको अवस्थामा पूर्वाधार विकास समितिको भने बाँकी छ ।   नगरपालिकाको नीति तथा कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने र त्यसको प्रत्यक्ष प्रसारण टाइम्स अफ प्रदेशले आफ्नो आधिकारिक फेसबुक पेजबाट गर्ने भएको छ । 
 

सम्बन्धित समाचार