२०८३ असार ३ गते , बुधबार
पोखरीमा डुबेर मोरङमा एक बालकको मृत्यु
मोरङमा पोखरीमा डुबेर आइतबार अपराह्न एक बालकको मृत्यु भएको छ। धनपालथान गाउँपालिका–७ कदमाह टोल बस्ने विजय शर्माका ८ वर्षीय छोरा ऋषि शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ। बालक डुबिरहेको अबस्थामा आफन्तले देखेर पोखरीबाट बाहिर निकाली घरमा ल्याई राखेका थिए । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीले बताए।