२०८३ असार ३ गते , बुधबार

चट्याङ लागेर मरे हलगोरु

sajilo news
मोरङ
२०८२ असार ८ गते , आईतबार
चट्याङ लागेर मरे हलगोरु

उत्तरी मोरङको लेटाङ–७ कुम्लेमा चट्याङ लागेर एक हलगोरु मरेका छन् । कुम्लेका दलबहादुर लिम्बूले गोठमा बाँधेका हलगोरू चट्याङको झट्का लागेर मरेको लेटाङ ७ की महिला वडा सदस्य पूर्णमाया राईले बताए ।

वडा सदस्य राईका अनुसार घ नजिकै बाहिर खुल्ला रुपमा बाँधेका चार वटा पशुमध्ये हलगोरू मात्र मरेका हुन् । दलबहादुर लिम्बूका छोरा इन्द्र लिम्वूले खेत जोत्ने समयमा गोठका हलगोरू मर्दा ८५ हजार रुपियाँ क्षति भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार