२०८३ असार ३ गते , बुधबार

कनकाई नहरमा हामफालेर वृद्धले गरे आत्महत्या

sajilo news
झापा
२०८२ असार ८ गते , आईतबार
कनकाई नहरमा हामफालेर वृद्धले गरे आत्महत्या

झापाको शिवसताक्षीमा एक वृद्धले कनकाई नहरमा हामफालेर आत्महत्या गरेका छन् । आइतबार बिहान शिवसताक्षी–७ व्यङ्गडाडाका ७८ वर्षीय राधाकृष्ण सोडारीले घर नजिकैको कनकाई नहरमा हामफालेर आत्महत्या गरेका हुन् । 

स्थानीयवासीका अनुसार सोडारीले घर पश्चिम कनकाई नहरमा हामफालेको देखेपछि केहीले उद्धार प्रयास गरेका थिए। तर, घटनास्थल नहरको साइफन नजिक भएकाले तत्काल उद्धार गर्न सम्भव भएन। प्रत्यक्षदर्शी एक जनाले भने, “हामीले देख्यौँ, तर साइफनको भेलले उहाँलाई तत्कालै बगायो। निकाल्न सक्ने स्थिति थिएन।”

नहरको पानीले सोडारीलाई वडा नम्बर ११ स्थित साइफनमा लगेर अड्काएको थियो। पछि स्थानीय र प्रहरीको सहयोगमा उनको शव निकालिएको छ।  सोडारीले आत्महत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सम्बन्धित समाचार