२०८३ असार ३ गते , बुधबार
सर्पले डस्दा १२ वर्षीया बालिकाको मृत्यु
सुनसरीमा बिषालु सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो २ः१० बजे सुनसरी कोशी गाउँपालिका-८ ननकु टोल बस्ने मोहम्मद काशीमकी छोरी १२ वर्षीया नविजन खातुन आफ्नै घरको आँगनमा खेल्ने क्रममा उनको दाहिने खुट्टाको घुँडामुनि सर्पले टोकेको थियो ।
उनका बुवाले जिल्ला अस्पताल इनरुवामा लगी उपचार गराएकोमा थप उपचारको लागि कोशी अस्पताल विराटनगर रेफर गरिएको थियो । उपचारको क्रममा दिउँसो ३:४० बजे कोशी अस्पताल विराटनगरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।