२०८३ असार ३ गते , बुधबार
भारतमा बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार
भारतमा बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार गरिएको छ। दिल्लीस्थित नेपाली राजदूतावासले बन्धक बनाइ कुटपिट र यातना दिँदै रकम असुली गरेको सूचनाका आधारमा ३५ जना नेपालीको उद्धार भएको जनाएको छ।
उत्तराखण्ड प्रहरी र केआइ इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ। बैदेशिक रोजगारीका शिलशीलामा उनीहरू बन्धक भएका बताइएको छ।