२०८३ असार ३ गते , बुधबार

वनभित्र दाउरा खोज्न गएका अर्जुनधाराका बसेल मृत भेटिए

sajilo news
झापा
२०८२ असार ७ गते , शनिबार
वनभित्र दाउरा खोज्न गएका अर्जुनधाराका बसेल मृत भेटिए

झापास्थित हलुवागढ सामुदायिक वनभित्र दाउरा खोज्न गएका एक व्यक्ति मृत फेला परेका छन् । शुक्रबार साँझ ५ बजे अर्जुनधारा नगरपालिका १ दखलबस्ती बस्ने ७० वर्षीय बलबहादुर बसेल दाउरा खोज्न त्यहीको हलुवागढ सामुदायिक वनतर्फ गएकोमा घर फर्की नआएपछि आफन्त र स्थानीयहरुले खोजतलास गर्ने क्रममा वन परिसरभित्रै गैरे खोल्सीमा घोप्टो परी मृत अवस्थामा फेला परेका थिए ।

आज बिहान ८ः१५ बजे प्रहरी चौकी शनिश्चरेमा जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी शनिश्चरेबाट प्रहरी नायव निरीक्षक उमेश श्रेष्ठको टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक सन्तोष राईको कमान्डमा टोली खटिएको जनाइएको छ ।

सम्बन्धित समाचार