२०८३ असार ३ गते , बुधबार

बिहेमा दाइजो पाएको अनटेस्ट मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

sajilo news
झापा
२०८२ असार ६ गते , शुक्रबार
बिहेमा दाइजो पाएको अनटेस्ट मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

बिहेमा दाइजो आएको अनटेस्ट मोटरसाइकलमा तीनजना चढेर तीव्र गतिमा चलाउँदा झापा गाउँपालिकामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

झापा गाउँपालिका-४ चौधरी टोलस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको हो । आज बिहान ११;३५ बजे झापा गाउँपालिका-४ चौधरी टोलस्थित हुलाकी सडक खण्डमा पन्थापाडाबाट झापा बजारतर्फ जाँदै गरेको अनटेस्ट अपाची मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय ईनरुल भन्ने फकिर अलि , पछाडि सवार २२ वर्षीय साहिदुल हक र २१ वर्षीय सोहिल मिया घाइते भएका थिए ।

घाइतेमध्ये साहिदुल हकलाई उपचारको लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य दुई जना घाइतेहरूको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो मोटरसाइकल हिजो मात्र दाइजोको रुपमा आएको थियो । बेहुलाका साथीहरूले सो मोटरसाइकल चलाएका थिए ।

सम्बन्धित समाचार