२०८३ असार ३ गते , बुधबार

झापामा जंगली हात्तीको आक्रमणबाट घाइते श्रेष्ठकाे मृत्यु

sajilo news
झापा
२०८२ असार ६ गते , शुक्रबार
झापामा जंगली हात्तीको आक्रमणबाट घाइते श्रेष्ठकाे मृत्यु

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट घाइते भएका एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मेचीनगर नगरपालिका-१ दुर्जन चोक बस्ने ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

असार २ गते बिहान श्रेष्ठलाई आफ्नै बारीमा एउटा जंगली हात्तीले लखेटेर आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो । त्यहाँ  उपचार सम्भव नभएपछि परिवारजनले बुधबार साँझ उनलाई अस्पतालबाट घर लिएर गएका थिए । गएराति ८.२० बजे उनको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए । बुधवार साँझ मात्र हात्तीको आक्रमणबाट भद्रपुर नगरपालिका १० फूलबारी गाउँ बस्ने २१ वर्षीय विशाल सोरेन घाइते भएका छन् । उनको उपचार भइरहेको छ । 

सम्बन्धित समाचार