२०८३ असार ३ गते , बुधबार

झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

sajilo news
झापा
२०८२ असार ५ गते , विहीबार
झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट घाइते एक पैदल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ । असार १ गते राति ८ः४५ बजे अर्जुनधारा नगरपालिका २ रातेस्थित भित्री सडक खण्डमा खुदुनावारीबाट रातेतर्फ जाँदै गरेको मे ४ प ७४६७ नम्बरको मोटरसाइकलले पैदल यात्री अर्जुनधारा २ का ३६ वर्षीय लेखबहादुर दर्जीलाई ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागेर घाइते भएका दर्जीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा आज बिहान ८ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल र मोटरसाइकल चालक अर्जुनधारा ४ का २३ वर्षीय अंकित चौधरीलाई अस्थायी प्रहरी चौकी खुदुनावारीले नियन्त्रणमा लिएको जनाइएको छ । 

सम्बन्धित समाचार