२०८३ असार ३ गते , बुधबार

शौचालयमा लडेर झापाको हल्दिवारीमा एकजनाको मृत्यु

sajilo news
झापा
२०८२ असार ५ गते , विहीबार
शौचालयमा लडेर झापाको हल्दिवारीमा एकजनाको मृत्यु

हल्दिवारी । शौचालयमा लडेर झापाको हल्दिवारीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका-४ ऐनावारिका ४९ वर्षीय अमनलाल मेचे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान साढे ७ बजेको समयमा मेचे शौचालयमा लडेको देखेपछि आफन्तजनले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएका थिए । अस्पतालका चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । घटनको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । 

सम्बन्धित समाचार