किरात याक्थुङ चुम्लुङ भद्रपुरको अध्यक्षमा पुनः मुना ईजम
भद्रपुर । किरात याक्थुङ चुम्लुङ भद्रपुर नगर समितिको अध्यक्षमा पुनः मुना ईजम कन्दङवा लिम्बु निर्विरोध चयन भएकी छिन् । किरात याक्थुङ चुम्लुङ भद्रपुर नगर समितिको चौथो नगर अधिवेशनले अध्यक्षमा मुनाको नेतृत्वमा १५ सदस्य नयाँ कार्य समिति चयन गरेका हुन् । समितिको उपाध्यक्षमा विकेन्द्र कुमार मेन्याङ्बो लिम्बु, सचिवमा नरदिप योङ्हाङ लिम्बु, सहसचिवमा चन्द्र तावा लिम्बु र कोषाध्यक्षमा पूर्ण ईङ्वासाम लिम्बु चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा पुनम माया लिम्बु, मिना पराङ्देन लिम्बु, विमला लिङ्देन लिम्बु, रामप्रसाद ओख्रावो लिम्बु, डम्बर यङयाहाङ लिम्बु, शान्ता थेबे, सन्तोष केदेम लिम्बु, सुकिन्द्र ईजम लिम्बु, यशोदा हेल्लोक लिम्बु र अमृत नुगो लिम्बु चयन भएका छन् । किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष मुनाको अध्यक्षता तथा शेशेहाङ फ्याकको प्रमुख आतिथ्य भएको अधिवेशनमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल लगायतको उपस्थिति रहेको थियो ।