२०८३ असार ३ गते , बुधबार
अपहरण मुद्दाका फरार अभियुक्त मेचीनगरबाट पक्राउ
अपहरण मुद्दाका फरार अभियुक्त ज्ञानबहादुर रसाइली मेचीनगरबाट पक्राउ परेका छन् । बुधबार साँझ ५ १५ बजे मेचीनगर नगरपालिका-२ बाट ६० वर्षीय रसाइलीलाई पक्राउ गरिएको हो । इलाम नगरपालिका १० गोदक घर भई उनी मेचीनगर २ मा बस्दै आएका थिए ।
अपहरण मुद्दामा रसाइलीलाई ३ महिना २३ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।