२०८३ असार ३ गते , बुधबार
कामबाट घर फर्कने क्रममा हात्तीले गर्यो आक्रमण, भद्रपुरका एक युवक घाइते
भद्रपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन् । घाइतेको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हात्तीको आक्रमणबाट भद्रपुर नगरपालिका-१० स्थित फूलबारी गाउँका २१ वर्षीय विशाल सोरेन घाइते भएका हुन् । बुधवार साँझ अन्दाजी ७ः४५ बजे काम गरेर घर फर्कने क्रममा एउटा जङ्गली हात्तीले उनीमाथि आक्रमण गरेका थिए । उनको कम्मर, टाउको र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा हात्तीका कारण जङ्गल आसपासमा स्थानीयबासीलाई अन्नबालीसँगै ज्यान जोगाउनै मुस्किल परेको छ ।