२०८३ असार ३ गते , बुधबार
टिपरको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु
विराटनगरमा टिपरको ठक्करबाट बुधवार दिउँसो एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–३ पञ्चेश्वर मन्दिरअगाडि को१क ९५३ नम्बरको टिपरले प्र १–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई दिउँसो २ः३० बजेतिर ठक्कर दिएको थियो।
दुर्घटनामा परेर स्कुटरमा पछाडि सवार विराटनगर महानगरपालिका–१२ का अन्दाजी ४८ वर्षीय सुशील बजगाईँको मृत्यु भएको हो । शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते बजगाईँलाई उपचारका लागि बूढीगंगाको विराट शिक्षण अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै टिपर र चालक कानेपोखरी गाउँपालिका–३ का ३३ वर्षीय कुलदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सकुशल छन्।