२०८३ असार ३ गते , बुधबार

उदयपुरमा दुईजनाको शव फेला

sajilo news
झापा
२०८२ असार ४ गते , बुधबार
उदयपुरमा दुईजनाको शव फेला

उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुईजनाको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार एक युवक र एक बालिकाको शव फेला परेको हो।

उनले भने, ‘अमलचौरीकै २८ वर्षीय रविन राई र १४ वर्षीय किशोरी मञ्जु राईको शव फेला परेको छ।’ आज बिहान मञ्जुको शव अमलचौरी गाउँको बाटोमा लडिरहेको र त्यसको दुई सय मिटर दुरीमा रविन झुन्डिएको अवस्थामा फेला परेको घटना स्थलबाट इन्स्पेक्टर राईले जानकारी दिए।

बिहानै स्थानीयले बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी पुगेर खोजतलास गर्दा दुईसयमिटर नजिक केटा रबिनको शव भेटिएको इन्स्पेक्टर राईको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले दुईजनाको शव फेला परेको र इलाका प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गरी शव उठाउनको लागि कानुनी प्रक्रिया अघि बढाएको जानकारी आएको बताए। 

सम्बन्धित समाचार