२०८३ असार ३ गते , बुधबार

धरानमा लफडा : मेयर साम्पाङ र उपमेयर बेघाका समर्थक एकअर्काविरुद्ध आक्रमणमा

sajilo news
सुनसरी
२०८२ असार ३ गते , मंगलबार
धरानमा लफडा : मेयर साम्पाङ र उपमेयर बेघाका समर्थक एकअर्काविरुद्ध आक्रमणमा

धरान उपमहानगरपालिकामा लफडा सुरु भएको छ। मेयर हर्कराज राई (हर्क साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघा बीचको विवादका कारण उपमहानगरमा तनाव सिर्जना भएको छ।  
सोमबार धरानका मेयर राईले चलाएको श्रमदान अभियानको डोर हाजिर गरी उपमहानगरपालिकाबाट भुक्तानी लिन खोजेपछि उपमेयर बेघाले विरोध जनाएका थिए। त्यसपश्चात् मेयर राईले आफ्ना समर्थकलाई कार्यालय बोलाएर आफूलाई आक्रमणको प्रयास गरेको बेघाले आरोप लगाएका छन्।

त्यसपश्चात आक्रोशित बनेका बेघा समूहले मेयर राई विरुद्ध पनि आक्रमण प्रयास गरेपछि धरानको स्थिति तनाव ग्रस्त बनेको थियो ।  दुबै समूहका दर्जनौं कार्यकर्ताहरू उपमहानगरपालिकामा पुगेर नाराबाजी र एक अर्काविरुद्ध आक्रमणको प्रयास गरेका थिए । 
 

सम्बन्धित समाचार