२०८३ असार ३ गते , बुधबार

स्कुलको माइक्रो भ्यानको ठक्करबाट छात्राको मृत्यु

sajilo news
काठमाडौं
२०८२ असार २ गते , सोमबार
स्कुलको माइक्रो भ्यानको ठक्करबाट छात्राको मृत्यु

काठमाडौं महानगरपालिका-१४ कलंकीमा स्कुलको माइक्रो भ्यानको ठक्करबाट छात्राको मृत्यु भएको छ।  इडीफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको माइक्रो भ्यानको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सर्लाही घर भई काठमाडौंको कुलेश्वर बस्ने ९ वर्षीया सोनाक्षी यादवको सोमबार दिउँसो मृत्यु भएको हो। 

गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  साथै उक्त भ्यानको ठक्करबाट घाइते भएका ६ जनामध्ये ५ जनाको नेपाल नेशनल अस्पतालमा र १ जनाको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका भ्यान चालकको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार