२०८३ असार ३ गते , बुधबार

झापाबाट इलाम जाँदै पिकअप गाडी दुर्घटना, एकजनाको मृत्यु, दुई घाइते

sajilo news
इलाम
२०८२ असार १ गते , आईतबार
झापाबाट इलाम जाँदै पिकअप गाडी दुर्घटना, एकजनाको मृत्यु, दुई घाइते

झापाको बिर्तामोडबाट खाद्य सामग्री लिएर इलामको जितपुरजाँदै पिकअप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुईजना घाइते भएका छन् ।

इलाम नगरपालिका ११ सोयाकको आहालेमा आइतबार साँझ ७ः०५ बजे  प्र–१–०१–००१ च ९७७८ नम्बरको  पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो । दुर्घटनामा गाडी मालिक विष्णु पराजुलीको मृत्यु भएको हो । झापा खुदुनाबारी घर भई हाल इलाम देउमाई ९ नवमी बजारमा व्यवसाय गर्दै आएका ३८ वर्षीय पराजुलीको मृत्यु भएको बताइएको छ ।

त्यस्तै गाडी मालिक पराजुलीकी छोरी ८ वर्षीया प्रेयन्सा पराजुली र इलाम देउमाई ९ जितपुर बस्ने २२ वर्षीय आइतबहादुर लिम्बू घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ 

सम्बन्धित समाचार