इँटा उद्योगी सामु कचनकवलका जनप्रतिनिधि लाचार, चारवटा उद्योगको २ लाख २० हजार गाउँपालिकामा बक्यौता
झापा । जथाभाबी खेतीयोग्य जमिन दोहन गरी माटो उत्खनन गरिरहेका झापा कचनकवलमा सञ्चालनमा रहेका इँटा उद्योगहरूले स्थानीय सरकारलाई कर तिर्न समेत अटेर गरिरहेको पाइएको छ । गाउँपालिकाको विभिन्न वर्षको आर्थिक ऐनमा इँटाभट्टालाई तोकिएको दरमा कर लगाई असुल उपर गरिने उल्लेख छ । तोकिएको दरमा कर भुक्तानी दिने तथा असुल गर्ने दुवै पक्षको कर्तव्य तथा दायित्व रहन्छ ।
लेखा परीक्षणको क्रममा पालिका क्षेत्रभित्र सञ्चालित इँटा उत्पादक कम्पनीबाट देहाय अनुसार रु २, २०००० कर बक्यौता रहेको देखियो । उक्त बक्यौता रकममा पालिकाको आर्थिक ऐनहरूले तोकेको जरिवानासमेत गणना गरी असुल उपर गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०८/०८१ को प्रतिवेदनमा उल्लेख गरेको छ । पालिकामा इँटाको कर नतिर्न उद्योगहरुले अहिले आएर इँटामा आफुखुशी मूल्य बढाउँदा उपभोक्ता समेत मारमा परेका छन् ।
