२०८३ असार ३ गते , बुधबार

भेटियो झापाको जलथल जंगलमा कछुवाको दुर्लभ प्रजाति

sajilo news
झापा
२०८२ असार १ गते , आईतबार
भेटियो झापाको जलथल जंगलमा कछुवाको दुर्लभ प्रजाति

झापाको चारकोशे जलथल जंगलमा कछुवाको एक दुर्लभ प्रजाति फेला परेको छ। हल्दिबारी गाउँपालिका-४ स्थित पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बास्तोलाले सामुदायिक वननजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा दुर्लभ कछुवा फेला पारेका हुन् । आज बिहान उनले दुर्लभ कछुवा भेटे लगत्तै आफ्नो वन समूहलाई खबर गरेका थिए । नेपालका चराचुरुङ्गी तथा जीवजन्तु खोज अध्ययन अनुसन्धानकर्ता अस्मित सुब्बाका अनुसार उक्त कछुवालाई स्पटेड नर्थर्न इन्डियन फ्ल्यापशेल टर्टल ( punctata andersoni) भनेर चिनिन्छ ।

पाकिस्तानदेखि म्यानमारसम्म र सम्पूर्ण प्रायद्वीपमा पाइने यो एक सौफ्टशेल कछुवा हो ।यो नेपालका तराई क्षेत्रहरूमा लगभग ४०० मिटर उचाइसम्म पाइएता पनि यस प्रजातिमा क्रोमेटिक ल्युसिज्म देखिनु अत्यन्त दुर्लभ हो । सुब्बाले नै फरेष्ट एक्सन नेपालको अध्ययनका क्रममा जलथल वनमा यसलाई अभिलेख गरेका थिए । यद्यपि यो विरलै मात्रै भेटिने गर्छ। हाल उक्त कछुवालाई पाथीभरा कालिका सामुदायिक वन समूहमार्फत जलथल सब डिभिजन वन कार्यालय रंगियाडाँडाका कर्मचारीलाई बुझाएको वन समूहका सहसचिव भरत ढकालले जानकारी दिएका छन् 

सम्बन्धित समाचार