२०८३ असार ३ गते , बुधबार

अर्जुनधाराको सीएम स्वीमिङ पुल डुबेर एक जनाको मृत्यु

sajilo news
झापा
२०८२ जेष्ठ ३१ गते , शनिबार
अर्जुनधाराको सीएम स्वीमिङ पुल डुबेर एक जनाको मृत्यु

झापाको अर्जुनधारामा पौडी खेल्ने क्रममा स्वीमिङ पुलमा डुबेर एकजनाको मृत्यु भएको छ । आज राति ८ः३० बजे अर्जुनधारा नगरपालिका ६ माता मन्दिरनजिक रहेको सीएम स्वीमिङ पुलमा डुबेर काठमाडौँ महानगरपालिका १४ बाफल घर भई विगत २ महिना अगाडीदेखि बिर्तामोड बसपार्कमा बस्दै आएका ४० वर्षीय केशव पाठकको मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर उनी सिकिस्त भएका थिए । उनलाई उद्धार गरी उनकै साथीहरूले उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा डाक्टरले मृत घोषित गरेका थिए। घटनाको बारेमा थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनिको टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार