२०८३ असार ३ गते , बुधबार
इलाममा बेच्न ल्याएको गोरु अज्ञात व्यक्तिले काटे
इलाममा बेच्न ल्याएको गोरु अज्ञात व्यक्तिले काटेका छन् । इलाम देउमाई –३ गाग्रेभञ्ज्याङमा माईजोगमाई-५ बस्ने ४९ वर्षीय भीमबहादुर बराइली र सूर्योदय-२ बस्ने ३१ वर्षीय सितुक भोटियाले हिजो गोरु बेच्न ल्याएका थिए । उनीहरूले बनपाला बस्ने निरबहादुर तामाङको जग्गामा गोरु बाँधेर राखेका थिए ।
आज दिउँसो अज्ञात व्यक्तिले सोही कालो सेतो रङ्गको गोरुलाई खोल्सीमा लगेर काटेका हुन् । घटनास्थलबाट गोरुको खुट्टा, पुच्छर र बाम्फोक फेला परेको छ । घटनास्थलको मुचुल्का गरी बरामद भएको गोरुको खुट्टा र पुच्छर भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र इलाम पठाइएको छ । गोरु काट्ने मानिसहरूको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।