स्कुटरको पछाडि बसेकी श्रीमतीको मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा
मोरङमा स्कुटरमा पछाडि बसेकी श्रीमतीको मृत्यु भएपछि श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका–६ कादुपाडामा ५४ वर्षीय भवानीप्रसाद बस्नेतले चलाइरहेको स्कुटर दुर्घटना हुँदा पछाडि सवार उनकी श्रीमती ५६ वर्षीया विष्णुकुमारी खड्काको मृत्यु भएको हो।
आमबारी–उर्लाबारी सडक खण्डअन्तर्गत कादुपाडाबाट रंगेलीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४९ प ७५५४ नम्बरको स्कुटरको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। विष्णुकुमारी घाइते भई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो ।
टाउकोमा चोट लागेर गम्भीर अवस्थामा पुगेकी मिर्गौला रोगी विष्णुकुमारीको उपचार हुन नसक्ने भन्ने चिकित्सकको सल्लाह अनुसार अस्पतालबाट घरमा ल्याएकोमा बिहान ५ बजे मृत्यु भएको हो । विष्णुकुमारीको मृत्युपछि श्रीमान् भवानीप्रसादलाई इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएको हो ।