२०८३ असार ३ गते , बुधबार
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु
मोरङको सुन्दरहरैंचामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा शनिबार बिहान माछा मार्ने क्रममा स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मदेलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले पोलबाट हुक जोडेर खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा दुर्घटना घटेको हो । शव पोस्टमार्टमका लागि धरान पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।