२०८३ असार ३ गते , बुधबार

झापाको शिवसताक्षीमा खानेपानीको ट्रान्सफर्मर चोरी, सेवा अवरुद्ध हुँदा उपभोक्ता प्रभावित

sajilo news
झापा
२०८२ जेष्ठ ३१ गते , शनिबार
झापाको शिवसताक्षीमा खानेपानीको ट्रान्सफर्मर चोरी, सेवा अवरुद्ध हुँदा उपभोक्ता प्रभावित

झापा । झापाको शिवसताक्षीमा बिजुलीको ट्रान्सफर्मर चोरी भएको छ।  शिवसताक्षी नगरपालिका–१ धरमपुरस्थित स्व. नर बहादुर–तारादेवी थापा स्मृति खानेपानी तथा सरसफाई उपभोक्ता समितिको एउटा ट्रान्सफर्मर चोरी भएको हो । गएरातिकाे बिहान खानेपानी ट्याङ्कीको कम्पाउन्डभित्र रहेको ११ हजार भोल्टको लाइनबाट जडान भएको १०० केभीएको ट्रान्सफर्मर चोरी भएको हो । ट्रान्सफर्मरको तार छुटाई भुईँमा झारी ट्रान्सफर्मरभित्र रहेको सम्पूर्ण सामान निकालेर लगेको जनाइएको छ । ट्रान्सफर्मर चोरीसँगै आयोजनामार्फत सञ्चालित खानेपानी सेवा अवरुद्ध हुँदा सयौँ उपभोक्ता प्रभावित भएका छन्।

चोरी गर्ने व्यक्तिको खोजतलास तथा पहिचान गर्ने कार्य भइरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । चोरी भएको ट्रान्सफर्मरको मूल्य अन्दाजी ८ लाख पर्ने अनुमान गरिएको छ । 

सम्बन्धित समाचार