२०८३ असार ३ गते , बुधबार

प्रहरीले गरे अपाङ्ग पुनः स्थापना केन्द्र भद्रपुरमा सरसफाई

sajilo news
झापा
२०८२ जेष्ठ ३१ गते , शनिबार
प्रहरीले गरे अपाङ्ग पुनः स्थापना केन्द्र भद्रपुरमा सरसफाई

भद्रपुर । भद्रपुर-४ झापाचोकस्थित नेपाल अपाङ्ग पुनः स्थापना केन्द्र परिसरमा वृहत् सरसफाई गरिएको छ । कोशी प्रदेश विपद् व्यवस्थापन गुल्म भद्रपुरका प्रहरी निरीक्षक विन्देश्वर यादव सहित ४० जनाको प्रहरी टोलीले शनिबार बिहान अपाङ्ग पुनः स्थापना केन्द्रमा सरसफाई गरेको जनाइएको छ । मानविय सेवाको कार्यमा सहकार्य गर्ने उद्देश्यले सहारा विहीन अपाङ्गहरू राखिएको स्थानमा सहयोग गर्न पाउँदा प्रहरी निरीक्षक यादवले खुसी व्यक्त गरे ।

कार्यक्रममा नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापाका कार्यवाहक सभापति पवन श्रेष्ठ,  भद्रपुर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराई, सचिव चन्दनकुमार महतो, नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति केदार महत लगायतको सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार