२०८३ असार ३ गते , बुधबार
कचनकवलकी १५ वर्षीया देविका मृत भेटिइन्
कचनकवल गाउँपालिका–७ हजाम टोलकी १५ वर्षीया बालिका देविका राजवंशीले मृत भेटिएकी छिन् । आज बिहान घरनजिकैको आँपको रुखमा झुन्डिएको अवस्थामा देविका मृत फेला परेकी हुन् । देविका जानकी माविमा कक्षा ८ मा अध्ययनरत थिइन्। मृत्युको कारण भने खुलेको छैन । प्रहरी टोली घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धानसहित कानुनी प्रक्रिया अघि बढाएर शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल पठाइएको छ ।