२०८३ असार ३ गते , बुधबार
टाउको ड्रमभित्र, शरीर भुइँमा
तेह्रथुमको छथर गाउँपालिका–५ अँधेरी टोलमा सडेगलेको शव फेला परेको छ । शुक्रबार दिउँसो अँधेरी टोल बस्ने ५२ वर्षीय तुलाराम खुलालको घरबाट दुर्गन्ध आइरहेको स्थानीयले टेलिफोनमार्फत प्रहरी चौकी शुक्रबारेमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर स्थानीय जनप्रतिनिधिको रोहबरमा ढोका फोर्दा खुलाल आफ्नै घरको कोठामा टाउको ड्रमभित्र र शरीर भुईँमा घोप्टो परी मृत अवस्थामा फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।