२०८३ असार ३ गते , बुधबार

झापामा फेरि भेटियो बेवारिसे शव

sajilo news
झापा
२०८२ जेष्ठ ३० गते , शुक्रबार
झापामा फेरि भेटियो बेवारिसे शव

झापामा केही दिनदेखि लगातार बेवारिसे शव फेला पर्दै आएको छ । यसक्रममा आज साँझ ६ बजे मेचीनगर नगरपालिका–१० सोलमिलमा तत्काल नाम थर, वतन नखुलेको तराई मुलको जस्तो देखिने दाहिने हातमा भगिरथ नामको ट्याटु भएको अन्दाजी बर्ष ३५ का पुरुष मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी टोली खटिएर कानुनी प्रकृया पुरा गरी शवलाई प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

बुधवार मात्र कचनकवल गाउँपालिका.– ६ बस्ने अन्दाजी ४५ वर्षीय मोहन खड्का मेचीनगरमा मृत भेटिएका थिए । सोही दिन अर्जुनधारामा एक बेवारिसे शव फेला परेको थियो । झापामा एकैदिन ३ जना मृत फेला परेका थिए । अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या बढेको छ ।

सम्बन्धित समाचार