२०८३ असार ३ गते , बुधबार

काँकडभिट्टा नाकाबाट भित्राइएको १३ वटा आइफोनसहित भारतीय नागरिक पक्राउ

sajilo news
झापा
२०८२ जेष्ठ ३० गते , शुक्रबार
काँकडभिट्टा नाकाबाट भित्राइएको १३ वटा आइफोनसहित भारतीय नागरिक पक्राउ

झापाको काँकडभिट्टा नाकाबाट भन्सार छलेर भित्राएको १३ वटा आइफोनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगालका अन्दाजी ६५ वर्षीय नुर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- १२ स्थित धुलाबारी बस स्ट्यान्डबाट आलमलाई आइफोनसहित पक्राउ गरेको हो। 

बुधबार दिउँसो काँकडभिट्टाबाट इटहरी जाने बसमा चढ्न लागेको अवस्थामा आलमको साथबाट  ५ लाख ४० हजार मूल्य बराबरको आइफोन बरामद गरिएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले बताए।  बरामद आइफोनसहित आलमलाई आवश्यक कारबाहीका मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको डीएसपी खड्काले बताए।

सम्बन्धित समाचार