२०८३ असार ३ गते , बुधबार
सर्पले डस्दा सोमबारकी ८ वर्षीया बालिकाको मृत्यु
मोरङको बेलबारी नगरपालिका–५ सोमबारकी एक बालिकाको सर्पले डसेर बिहीबार दिउँसो मृत्यु भएको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार सर्पले टोकेर घरमै सुतिरहेकी सीता रायमाझीकी ८ वर्षीया छोरी सन्ध्या रायमाझीको मृत्यु भएको हो। बालिकालाई दिउँसो ४ बजेतिर सर्पले टोकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको चुँडालले बताइन्।
गम्भीर घाइते बालिकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याइएको थियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी चुँडालले दिइन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको चुँडालले बताइन्।