२०८३ असार ३ गते , बुधबार

मेचीनगरमा मृत भेटिएका व्यक्ति कचनकवलका खड्का

sajilo news
झापा
२०८२ जेष्ठ २९ गते , विहीबार
मेचीनगरमा मृत भेटिएका व्यक्ति कचनकवलका खड्का

झापाको मेचीनगर नगरपालिका-१२ सब्जीमन्डीमा मृत भेटिएका व्यक्ति कचनकवलका बासिन्दा रहेको खुलेको छ । मृतक कचनकवल गाउँपालिका– ६ बस्ने अन्दाजी ४५ वर्षीय मोहन खड्का रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

उनी हिजो दिउँसो अन्दाजी २ बजे सब्जीमन्डीमा मृत फेला थिए । बेवारिसे अवस्थामा फेला परेका खड्काका बारेमा सोधपुछ गरिएपछि काकाका छोरा धनराज खड्काले घटनास्थलमा आएर सनाखत गरेको जनाइएको छ ।  इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

सम्बन्धित समाचार