२०८३ असार ३ गते , बुधबार
पूर्वाञ्चल दैनिकका व्यवस्थापक ढकाललाई पितृशोक
झापाको बिर्तामोडबाट प्रकाशित हुने पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल (सीके अङ्कल) लाई पितृ शोक परेको छ । कनकाई नगरपालिका-६ चम्पापुरस्थित विद्यापति ढकालको ८९ वर्षको उमेरमा आज बिहान निधन भएको हो । वि.स. १९९३ साल जेठ ८ गते जन्मिएका ढकाल सामाजिक एवम् धार्मिक व्यक्तित्वका रुपमा परिचित थिए ।
उनी केही समय अघिदेखि अस्वस्थ्य रहेका थिए । स्व. ढकालका श्रीमती हरिमाया ढकाल सहित ५ छोरा र ४ जना छोरी रहेका छन् । जसमा सीके अङ्कल काइँला छोरा हुन् । ढकालका पाँच छोरा बुहारीहरूमा वेदप्रकाश – चन्द्रमाया, नरेन्द्र– गोमा, खेमराज – उर्मिला, चन्द्रकान्त – अम्बिका, कमल – देवका रहेका छन् । चार छोरीहरू डम्बर कुमारी, रुकमिणा, चन्द्रकला र तीलरुपा रहेका छन् ढकालका २७ जना नातिनातिना रहेका छन् । स्व. ढकालको आज १० बजे कनकाई माईमा अन्तिम संस्कार गरिने बताइएको छ ।