२०८३ असार ३ गते , बुधबार

अत्यधिक गर्मीले झापामा दुई जनाको मृत्यु

sajilo news
झापा
२०८२ जेष्ठ २७ गते , मंगलबार
अत्यधिक गर्मीले झापामा दुई जनाको मृत्यु

अत्यधिक गर्मीका कारण झापामा दुई जनाको मृत्यु भएको आशङ्का गरिएको छ । अचानक ढलेर उनीहरूको मृत्यु भएको हो । आज दिउँसो ४ बजे अर्जुनधारा –११ नयाँ बस्तीस्थित चिया बगानभित्र कच्ची बाटोमा सोही ठाउँ बस्ने ६० वर्षीय मित्रलाल कामी मृत फेला परेका हुन् । उत्तानो परि लडिरहेको मृत अवस्थामा स्थानीले देखेर प्रहरीलाई खबर गरेका थिए । खासै बिरामी नभएका कामी अचानक ढलेको बताइएको छ ।

त्यस्तै आजै बिर्तामोड नगरपालिका –२ फूलबारी टोलस्थित पासाङ शेर्पाको मकैवारिमा बिर्तामोड २ आदर्श टोल बस्ने वर्ष ३६ वर्षीय राम टुडु मृत फेला परेका छन् । उनी घोप्टो परी मृत अवस्थामा फेला परेका थिए । बाहिरी कुनै पनि चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । दुवै शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

सम्बन्धित समाचार