२०८३ असार ३ गते , बुधबार

विषालु सर्पले डस्दा शिक्षकको मृत्यु

sajilo news
झापा
२०८२ जेष्ठ २७ गते , मंगलबार
विषालु सर्पले डस्दा शिक्षकको मृत्यु

भोजपुरमा विषालु सर्पले डस्दा शिक्षकको मृत्यु भएको छ । सप्तरी बिषनपुर गाउँपालिका घर भई हाल भोजपुर आमचोक-१० पाङटारस्थित लक्ष्मी माविमा कार्यरत शिक्षक ३६ वर्षीय देवनारायण साहको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

भबिन्द्र राईको घरमा भाडामा बस्दै आएका साह गएराति ११ बजे पिसाब फेर्न बाहिर निस्किदा ढोकामा उनको बायाँ खुट्टाको बुढी औलामा सर्पले टोकेको थियो । घाइतेलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार