२०८३ असार ३ गते , बुधबार

घरको छतबाट खसेर एक वृद्धाको मृत्यु

sajilo news
झापा
२०८२ जेष्ठ २७ गते , मंगलबार
घरको छतबाट खसेर एक वृद्धाको मृत्यु

धनकुटामा घरको छतबाट खसेर एक वृद्धाको मृत्यु भएको छ । आफ्नै एकतले घरको छतबाट खसेर धनकुटा नगरपालिका-७ समावेशी टोलकी अन्दाजी ६१ वर्षीया बर्तकुमारी राईको मृत्यु भएको हो ।

गएराति अन्दाजी ८ः५५ बजे घरको छतबाट तल खसेर घाइते भएकी राईलाई उपचारको लागि धनकुटा जिल्ला अस्पताल लगिएको र उनको उपचारको क्रममा राति ९ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार