२०८३ असार ३ गते , बुधबार

मनसुनी वायु सक्रिय नबन्दा देशभर अत्यधिक गर्मी बढ्यो, जनजीवन प्रभावित

sajilo news
झापा
२०८२ जेष्ठ २७ गते , मंगलबार
मनसुनी वायु सक्रिय नबन्दा देशभर अत्यधिक गर्मी बढ्यो, जनजीवन प्रभावित

मनसुनी वायु भित्रिएको दुई सातासम्म पनि सक्रिय नबन्दा देशका अधिकांश भूभागमा गर्मी बढेको छ। जेठ १५ गते राति भित्रिएको मनसुनी वायुले शुरुका दिनमा कोशी प्रदेशमा भारी वर्षा गराए पनि त्यसपछि पानी कम परेको हो । 

मनसुन अन्यत्र पनि फैलिन नपाउँदै ब्रेक भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद विनु महर्जनले जानकारी दिइन्। महाशाखाका अनुसार हिजो सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ४१ र न्यूनतम तापक्रम ३० डिग्री सेल्सियस मापन भएको छ। आज पनि सोही हराहारीमा तापक्रम रहने अनुमान महाशाखाको छ। 

त्यस्तै, सोमबार धनगढीमा ४०.२, भैरहवामा ४०, बाराको सिमरामा ३७.५, विराटनगरमा ३७, जनकपुरमा ३६.१ र धरानमा ३६ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंको अधिकतम तापक्रम हिजो ३१.६ डिग्री सेल्सियस मापन भएको थियो । आज पनि ३० देखि ३२ डिग्री सेल्सियस पुग्नसक्ने अनुमान छ। मंगलबार बिहान काठमाडौंको न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस मापन भएको छ। एकदुई दिनमा मनसुन पुनः सकृय हुने मौसमविद महर्जनले बताए  । 

सम्बन्धित समाचार