२०८३ असार ३ गते , बुधबार
चैतुवारीमा मृत भेटिएका व्यक्ति भारतीय नागरिक
बिर्तामोड नगरपालिका– २ स्थित चैतुवारीमा मृत भेटिएका व्यक्ति भारतीय नागरिक रहेको भनी पहिचान खुलेको छ । मृतक भारत आसाम राज्य सिरोङ बस्ने ४३ वर्षीय दिपेन मादुवा भएको खुलेको हो । उनको नेपालमा कोही पनि आफन्त नरहेको र आसाममा रहेका आफन्तलाई जानकारी गराइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चैतुबारीस्थित श्रीराम प्लाई उद्योग छेउमा चप्पलको सिरानी लगाएर सुतेकै अवस्थामा उनको शव बेवारिसे अवस्थामा आइतबार भेटिएको थियो । मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको छ ।