२०८३ असार ३ गते , बुधबार
बिर्तामोडमा भेटियाे बेवारिसे शव, माई खाेलामा भेटिएको शव बास्काेटाकाे
झापामा अर्काे बेवारिसे शव भेटिएको छ । आज साँझ ६ः३० बजे बिर्तामोड नगरपालिका -२ चैतुवारीस्थित श्रीराम प्लाई फ्याक्ट्रीनजिकै कच्ची सडकको किनारामा नाम थर वतन नखुलेको तराईवासी मुलको जस्तो देखिने अन्दाजी ३५ बर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोलीले कानुनी प्रकृया गरेकाे प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै कनकाई नगरपालिका- २ धनुषकोटीस्थित माई खोलाको बिच भागमा भेटिएको बेवारिसे शवको पहिचान खुलेको छ ।
सो शव कमल गाउँपालिका-५ सितापुरी बस्ने ८० वर्षीय लीलाप्रसाद बास्कोटाको भएको आफन्तले बताएको प्रहरीले जनाएको छ । बास्कोटा हिजो बिहानदेखि हराएका थिए