२०८३ असार ३ गते , बुधबार

माई खोलामा पुरुषको शव भेटियो

sajilo news
झापा
२०८२ जेष्ठ २५ गते , आईतबार
माई खोलामा पुरुषको शव भेटियो

झापाको माई खोलामा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । कनकाई नगरपालिका २ धनुषकोटीस्थित माई खोलाको बिच भाग तत्काल नाम, थर र वतन नखुलेको ,सेतो रङको कमेज सुरुवाल लगाएको वर्ष अन्दाजी ५० का पुरुष घोप्टो अवस्थामा मृत फेला परेका हुन् । स्थानीयले देखेर आज बिहान इलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराउनसाथ प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमान्डमा टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ । मृतकको पहिचानका लागि सोधपुछ गरिरहेको जनाइएको छ । 

सम्बन्धित समाचार