२०८३ असार ३ गते , बुधबार
झापामा मोटरसाइकल दुर्घटना, सशस्त्र प्रहरी नायव निरीक्षक राजवंशीको मृत्यु
झापामा मोटरसाइकल दुर्घटनामा परी एक जना सशस्त्र प्रहरी नायव निरीक्षक (सई)को मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका-४ बस्ने हाल इलाम बीओपी समालबुङ पोस्टमा कार्यरत ४८ वर्षीय सशस्त्र प्रहरी नायव निरीक्षक (सई) पूरणलाल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार शनिवार साँझ ७:५५ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका-३ स्थित सानो केर्खामा उनी सवार प्र १–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । उनी घर बिदा पूरा गरी ब्यारेकतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परी घाइते उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जनाइएको छ ।