२०८३ असार ३ गते , बुधबार

बाथरुममा चिप्लिएर झापामा एक वृद्धको मृत्यु

sajilo news
झापा
२०८२ जेष्ठ २३ गते , शुक्रबार
बाथरुममा चिप्लिएर झापामा एक वृद्धको मृत्यु

झापाको कमलमा बाथरुममा चिप्लिएर ९३ वर्षीय वृद्धको मृत्यु भएको छ । गत जेठ १० गते बिहान १० बजे आफ्नै घरको बाथरुमबाट निस्किने क्रममा अचानक चिप्लिएर कमल गाउँपालिका-२ तोपगाछी बस्ने ९३ वर्षीय वृद्ध नन्दप्रसाद पौडेल घाइते भएका थिए ।

उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगी सामान्य उपचारपश्चात् थप उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा आज दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार