२०८३ असार ३ गते , बुधबार

हात्तीले बिर्तामोडमा भत्कायो विद्यालयको गेट र कम्पाउन्ड वाल

sajilo news
झापा
२०८२ जेष्ठ २३ गते , शुक्रबार
हात्तीले बिर्तामोडमा भत्कायो विद्यालयको गेट र कम्पाउन्ड वाल

झापाको बिर्तामोडमा जङ्गली हात्तीले दुई वटा शैक्षिक संस्थाको गेट र कम्पाउन्ड वाल भत्काएको छ । हात्तीले बिर्तामोड ३ बिर्ताबजारस्थित अनारमनी पब्लिक क्याम्पसको गेट भत्काएको छ भने बिर्तामोड-१० सैनिकबजारस्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयको कम्पाउन्ड वाल भत्काउनुका साथै गेट बङ्ग्याएको छ ।

बिर्तामोडतिरबाट राति १२ बजे आएको एकल हात्तीले अनारमनी पब्लिक क्याम्पसको फलामको गेट भत्काउँदा अन्दाजी एक लाख मूल्य बराबरको क्षति भएको छ । सोही ठाउँ बस्ने मनिका माझीको बाँसको टाटीको घेराबारा र टिनको छानो भएको एकतले घर पूर्णरुपमा भत्काएको छ । जसबाट ८५ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

सोही हात्तीले आज बिहानको राति ३ बजेको बिर्तामोड १० सैनिक बजारमा रहेको महेन्द्र ज्योति माविको गेट फुटाई गेटबाट भित्र पसेर विद्यालयको पूर्वपट्टिको कम्पाउन्ड वाल भत्काएको छ । हात्तीले वाल र गेट भत्काउँदा करिब ५ लाख बराबरको क्षति भएको विद्यालयका प्रधानाध्यापक जयकुमार झाले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार