२०८३ असार ३ गते , बुधबार
रोकिएको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
मोरङमा ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ८ बजे मोरङ सुनवर्षी नगर6पालिका –९ मलढैयास्थित झपरतल– डाइनिया हुलाकी सडक खण्डमा बाटो छेउमा बिग्रिएर रोकी राखेको को.१त. ११०५ नम्बरको ट्याक्टरमा झपरतलबाट डाइनियातर्फ आउँदै गरेको मे.७प. १०२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पछाडिपट्टि ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक २० वर्षीय नवीनकुमार पोद्धार गम्भीर घाइते भई उपचारका लागि रङ्गेली अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।सोही मोटरसाइकलमा पछाडि सवार भारत अररिया जिल्ला आँपगाछी पञ्चायत–७ कोहारा बस्ने १९ वर्षीय पप्पुकुमार बहरदार घाइते भएका छन् । उनको रङ्गेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।