२०८३ असार ३ गते , बुधबार

दमकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
झापा
२०८२ जेष्ठ २१ गते , बुधबार
दमकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापाको दमकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुधबार साँझ अन्दाजी ७.२० बजे दमक नगरपालिका-७ पशुहाट डाँडास्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको मे १ ख ३०२७ नम्बरको यात्रुबाहक बस र केर्खाबाट दमकतर्फ जाँदै गरेको प्र.१–०२–०५२ प. २२११ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दमक ४ बस्ने ३६ वर्षीय मिलन थापा गंभीर घाइते भएका थिए । उनलाई उपचारका लागि आर्य न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ८:४० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

बस चालक गौरादह ४ बस्ने ३२ वर्षीय सरकार टुडु र दुबै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार